Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्राइम लाइफको तेस्रो त्रैमासिक नाफा १८ करोड ९५ लाख

प्राइम लाइफको तेस्रो त्रैमासिक नाफा १८ करोड ९५ लाख


काठमाडौं । प्राइम लाइफ इन्स्योरन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १८ करोड ९५ लाख ४३ हजार रुपैैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २२ करोड ८६ लाख २५ हजार रुपैयाँ छ ।

हाल चुक्ता पुँजी दुई अर्ब ७७ करोड ९३ लाख १६ हजार रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी नौ रुपैयाँ नौ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ५४ पैसा छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया