Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफको तेस्रो त्रैमासिक नाफा १५ करोड छ लाख

सूर्या लाइफको तेस्रो त्रैमासिक नाफा १५ करोड छ लाख


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १५ करोड छ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा २४ करोड ४८ लाख ७६ हजार रुपैयाँ छ ।

हाल चुक्ता पुँजी दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी सात रुपैयाँ ८८ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय २० रुपैयाँ ३१ पैसा छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया