Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक नाफा १७ करोड ९४ लाख

नेपाल इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक नाफा १७ करोड ९४ लाख


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १७ करोड एक लाख २२ हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८७ रुपैयाँ ७१ पैसा छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया