Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रुडेन्सीयल इन्स्योरेन्सको खुद मुनाफा घट्यो

प्रुडेन्सीयल इन्स्योरेन्सको खुद मुनाफा घट्यो


काठमाडौं । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको खुद मुनाफा घटेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ३६ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १२ करोड ७३ लाख ११ हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १० करोड ८५ लाख ४७ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासिकमा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६७ पैसा छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८९ रुपैयाँ ४३ पैसा छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया