Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसबैको लघुवित्त वित्तीय संस्थाले कमायो सात करोड १५ लाख

सबैको लघुवित्त वित्तीय संस्थाले कमायो सात करोड १५ लाख


काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा सात करोड १५ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ९२ लाख ७० हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २५ करोड १६ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५५ करोड १० लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १९ करोड १७ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ४६ लाख ८० हजार रुपैैयाँ छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ८१ करोड ८९ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १० करोड १० लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ६३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ३९ लाख ८९ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६१ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया