Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनयाँ सारथि लघुवित्तको खुद मुनाफामा सामान्य गिरावट

नयाँ सारथि लघुवित्तको खुद मुनाफामा सामान्य गिरावट


काठमाडौं । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा सामान्यरुपमा कमी आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ४० लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ५५ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ९९ करोड २६ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २० करोड ४० लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ८६ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ३१ लाख ७७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७६ प्रतिशत छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ८१ करोड ९९ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५० करोड ४१ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १६ करोड ९६ लाख ८३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ९० लाख ४४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव १६ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया