बिजय लघुवित्तको नाफा नौ करोड ५१ लाख
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १० करोड ६८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब आठ करोड ८२ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७० करोड २२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ५६ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५४ लाख ९८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९४ करोड ७३ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २९ करोड ७२ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ८२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ४६ लाख ५५ हजार रुपैयाँ रहेको संस्थामा तीन दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता सच्याउन गृहको निर्देशन
- बझाङमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित
- बैंकिङ कसुरमा युवक पक्राउ
- समसामयिक राजनीतिक व्यङ्ग्य
- नौ सय ३४ संक्रमित थपिए, चार सय ७० घर फर्किए
- चुनाव घोषणापछि दुई ठूला जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनीलाई
- २६ वाणिज्य बैंक: जसले कमाए ७४ अर्ब ८० करोड १४ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा
- बैंकिङ कसुर मुद्दामा भागेका व्यक्ति कपनबाट पक्राउ
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया