Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाधना लघुवित्तको नाफा नौ करोड २२ लाख

साधना लघुवित्तको नाफा नौ करोड २२ लाख


काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड २२ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा सात करोड ५८ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २७ करोड १० लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४० करोड ७१ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २१ करोड ८९ लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ३५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले ७७ करोड ८६ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब सात करोड २८ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ९५ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ९५ लाख ९७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया