Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट


काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा चार करोड ९२ लाख चार हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत अवको सोही अवधिमा भने संस्थाले सात करोड ८३ लाख ३६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६५ करोेड ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४७ करोड १९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ८८ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ७१ लाख १० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७२ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १७ करोड ८६ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९० करोड ६६ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ३० लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम शुन्य रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ६५ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया