धितोपत्र बोर्डले आफ्नो नियमन क्षेत्रभित्र पर्ने निकायहरुमा दुई दिने विदा दिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो नियमनभित्र पर्ने सबै निकायहरुमा पनि हप्ताको दुई दिन सार्वजनिक विदा दिने व्यवस्था कार्यान्वयनमा ल्याने भएको छ । सरकारले यही जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिवार र आइतबार सार्वजनिक विदा दिने व्यवस्था गरेको छ । बोर्डले सरकारले गरेको सोही व्यवस्थालाई आत्मसात् गर्दे आफ्नो नियामक दायराभित्र पर्ने सबै निकायहरुलाई दुई दिन विदा दिने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
बोर्डले गरेको यो व्यवस्थाअनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एण्ड क्लियरिङ हाउस, क्रेडिट रेटिङ संस्था, मर्चेन्ट बैंकर संस्था, धितोपत्र दलाल व्यवसायी संस्था, निक्षेप सदस्य तथा सम्पूर्ण बजार सहभागी संस्थाहरुमा सातामा दुई दिने सार्वजनिक विदा हुने छ । बोर्डका अनुसार यसरी सातामा दुई दिन विदा भएपछि सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । साथै कात्र्तिक १६ देखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ ।
बोर्डबाट अनुमतिपत्र प्राप्त बजार सहभागीले सेवाग्राहीका एकै दिनमा सम्पन्न हुने सेवा सोही दिन गर्ने व्यवस्था गर्ने, गराउनुपर्नेछ । धितोपत्र बोर्डले हप्ताको दुई दिन विदा दिने सरकारी निर्णयलाई कार्यान्वयनमा ल्याएसँगै नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नियमित कारोबार कक्ष शुक्रबार पनि खुल्ला हुने भएको छ । यसअघि नियमित कारोबारको लागि सातामा पाँच कार्यदिन मात्र खुल्ला हुने नेप्से जेठ १ देखि पनि साताको पाँच कार्य दिन नै खुल्ला हुने छ । यसअन्तर्गत नियमित कारोबारको लागि शुक्रबार नेप्से खुल्ला हुनेछ भने आइतबार नेप्सेको नियमित कारोबार कक्ष बन्द हुनेछ । नेप्सेको नियमित कारोबार समय, प्रि ओपनिङ सेशन आदि भने पुरानै व्यवस्थाअनुसार रहने जानकारी नेप्सेले दिएको छ ।
नासा ईन्भेष्टमेन्टलाई अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय सम्बन्धी कार्य बन्द गर्न पत्राचार
नेपाल धितोपत्र बोर्डले नासा ईन्भेष्टमेन्ट प्रा.लि लाई अनुमति पत्र प्राप्त नगरी धितोपत्र व्यवसाय सम्बन्धी कार्य बन्द गर्न पत्राचार गरेको छ । बोर्डका अनुसार भृकुटी चौक, विराटनगर–५, प्रदेश नं. १ स्थित नासा ईन्भेष्टमेन्ट प्रा. लि. ले नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र नलिई डिम्याट खाता, मेरो शेयर, ब्रोकर खाता (त्ःक्) को सहजीकरण गर्ने, शेयर बजारमा पोर्टफोलियो म्यानेजमेण्ट सम्बन्धी कार्यहरु गर्ने, धितोपत्रको दोस्रो बजारमा खरिद विक्री सम्बन्धी परामर्श दिने जस्ता धितोपत्र सम्बन्धी सेवाहरु लगानीकर्ताहरुलाई प्रदान गरिरहेको भन्ने जानकारी बोर्डमा आएको थियो ।
सोही अनुरुप उक्त कम्पनीलाई त्यस्ता कार्यहरु तत्काल बन्द गरी बोर्डमा जानकारी गराउन पत्राचार गरिएको बोर्डको भनाई छ । प्रचलित धितोपत्र सम्बन्धी कानुन बमोजिम उपर्युक्त कार्यहरु नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र लिएर मात्र संचालन गर्न पाईने भएकोले बोर्डबाट अनुमति पत्र प्राप्त नगरी उल्लेखित कार्यहरु गरेमा उक्त कार्य गैरकानूनी हुने र धितोपत्र सम्बन्धी ऐन बमोजिम कारबाही हुने व्यहोरा समेत बोर्डले जानकारी गराएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया