Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं

प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रसाईं


काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको एक सय २४औँ बैठकले प्रसार्इंलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रसाईंको कार्यकाल बीमा समितिबाट स्वीकृत भएपछि कार्यान्यनमा आउने कम्पनीले जानकारी दिएको छ । यसअघि कम्पनीको कायममुकाय प्रमुख कार्यकारी अधिकृतको पदमा किशोर प्रसाद लामिछाने थिए । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड १३ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी भने छ रुपैयाँ ७६ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ भने एक सय २४ रुपैयाँ ५६ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया