स्थानीय तहको निर्वाचनको नेप्सेमा नकारात्मक प्रभाव
काठमाडौं । स्थानीय तहको निर्वाचनको प्रभाव सेयर बजारमा नकारात्मक देखिएको छ । स्थानीय तहको निर्वाचन हुनुभन्दा एकहप्ता अघिसम्म सेयर परिसुचक एवं कारोबार रकम दुबै नै उकालो लागेको थियो । तर बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि पहिलो दिन अर्थात आज जेठ तीन गतेबाट खुलेको सेयर बजार उच्च अंकले ओरालो लागेको छ ।
आज सेयर बजार परिसुचक ८४ दशमलव नौं अंकले ओरालो लागेर २२ सय ६५ दशमलव ५२ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव २८ अंकले ओरालो लागेर चार सय ३८ दशमलव ६८ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ३३ हजार छ सय १० पटकको कारोबारमा ३५ लाख ९५ हजार पाँच सय ६८ कित्ता सेयर खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड ४० लाख ५० हजार दुई सय ३९ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएको छ । जसमध्ये सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार परिसुचक पुरै रातो देखिएको छ ।
क्याटेगोरी : breaking, वित्त पूँजी बजार
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया