Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजारमा देखियो करेक्सन

सेयर बजारमा देखियो करेक्सन


काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ८४ दशमलव ९० अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार आठ दशमलव ९० अंकले उकालो लागेर २२ सय ७४ दशमलव ४२ बिन्दुमा पुग्न सफल भएको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि अघिल्लो दिन घटेकोमा आज दुई दशमलव ४१ अंकले उकालो लागेर चार सय ४१ दशमलव नौं बिन्दुमा चढ्न सफल भएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत २७ हजार ५७ पटक सेयर कारोबार भएको छ । जसबाट ३१ लाख ५६ हजार नौं सय १३ कित्ता सेयर खरिद बिक्री हुंदा सेयर कारोबार रकम एक अर्ब ३२ करोड ६३ लाख २० हजार तीन सय ४६ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएका छन् । जसमध्ये आठ वटा उपसमुहहरुले कमाएका छन् भने पाँच वटा उपसमुहहरुले गुमाएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया