Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमिट लघुवित्तको खुद मुनाफा ११ करोड ७४ लाख

समिट लघुवित्तको खुद मुनाफा ११ करोड ७४ लाख


काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ११ करोड ७४ लाख १६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले १० करोड एक लाख ८६ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ३२ करोड ७७ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड २६ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ३२ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड २७ लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १३ करोड ४५ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब १८ करोड ९७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १८ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ३७ लाख ६७ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव १० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया