Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारगोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान

गोर्खाज फाइनान्सद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । गोर्खाज फाइनान्सले वार्षिक साधारणसभाको आह्वान गरेको छ । फाइनान्सले यही जेठ २७ गते आफ्ना २७औँ वार्षिक साधारणसभा गर्न लागेको हो । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू रहेका छन् ।

वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि फाइनान्सको यही जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । फाइनान्सले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा नौ करोड ४९ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा २७ करोड ३७ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासमा सात अर्ब १० करोड १० लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४७ करोड २३ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ३५ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा आठ दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ६७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले आठ अर्ब १५ करोड ९७ लाख सात हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३० करोड २२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २२ करोड ७९ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ७४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७५ प्रतिशत रहेको थियो । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया