Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच सम्झौता


काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमती प्राप्त सेलकम प्रालि (सेल–पे) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ । हालै स्मार्ट च्वाइस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्र्यक्रमका बीच स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेल–पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार, सेल–पे प्रयोगकर्ताले सेल–पेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्छन् भने सेल–पेमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । ईएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फस्र्यौट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय सेल–पेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

सन् २००१ मा स्थापित, एससीटी र एसीटी–नेटवर्कको रूपमा चिनिने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्सप्राप्त भुक्तानी सेवा अपरेटर (पीएसओ) हो । एससीटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पीएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ । एससीटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन–पे इन्टरनेसनल, पल्स नेटवर्क र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया