Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता

नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउन्डेसनबीच सम्झौता


काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाउँपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी सञ्चालन गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एक एक पाइला फाउन्डेसनबीच सम्झौता भएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउन्डेसनका तर्फबाट फाउन्डेसनका प्रेसिडेन्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउन्डेसनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र सो अस्पतालको सञ्चालनमा आर्थिक सहयोग पु¥याउन तीन वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछ । समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कम्पनीको तर्फवाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशील भई शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन एवं वातावरण संरक्षणजस्ता क्षेत्रमा विगत वर्षहरूदेखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउनु हुँदै सामुदायिक अस्पताल सञ्चालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु-याउन पाएकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाइला फाउन्डेसन विसं २०७२ सालदेखि नेपालको दुर्गम क्षेत्रहरूमा निःशुल्क स्वास्थ्य सेवाहरू उपलब्ध गर्र्दै आइरहेको एक गैरसरकारी संस्था हो । नेपाली स्वयं सेवकहरू कार्यरत रहेको उक्त फाउन्डेसनले स्थानीय सरकार र स्थानीय साझेदारहरूको सहकार्यमा विशेष गरी दुर्गम क्षेत्रहरूमा स्वास्थ्य शिविरहरू स्थापना गरी उल्लेखनीय स्वास्थ्य सेवा पु-याई आएको छ । कम्पनीको यस सहयोगवाट १५ शय्याको सामुदायिक अस्पतालको सञ्चालन भई उक्त क्षेत्रवरिपरि रहेका करिब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने आशा गरिएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया