राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई मूलकोटको अक्षित रिसोर्टमा छुट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुली मूलकोटमा रहेको अक्षित रिसोर्ट एन्ड -याफ्टिङबीच बैंकका ग्राहकहरूलाई रकम भुक्तानी गर्दा अधिकतम २० प्रतिशतसम्म छुट दिने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र रिसोर्टका प्रोपाइटर रश्मी बस्नेतबीच हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले डिजिटल माध्यम (मोबाइल बैंकिङ, एटीएम कार्ड, क्रेडिट कार्ड, कनेक्ट आईपीएस)बाट रकम भुक्तानी गर्दा रिसोर्टले पेय पदार्थमा १० प्रतिशत, खानामा १५ प्रतिशत र कोठामा २० प्रतिशत छुट प्रदान गर्नेछ ।
कार्यक्रममा बैंकका विभागीय प्रमुखहरू दुर्गाकुमारी कँडेल, सरोज बस्नेत, रिसोर्टका रामप्रसाद नेपाललगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिंग सेवा सहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया