Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता

एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनीबीच सम्झौता


काठमाडौं । एनआईसी एसिया क्यापिटल र मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडबीच क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । आइडिया टु आइपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एसिया क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । सोही सेवाअन्तर्गत ९ दशमलव ५ मेगावाटको मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडलाई आईपीओ जारी गर्ने चरणमा पु-याई निकट भविष्यमा सर्वसाधारणहरूमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरूसहित) जारी गर्नुपर्ने साधारण सेयरको सार्वजनिक निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको व्यहोरा कम्पनीले जानकारी दिएको छ ।

क्यापिटलले आइडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरूको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानुनी प्रक्रिया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया