Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश


काठमाडौं  । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले देशैभरि छरिएर रहेका एक सय तीनवटा शाखाहरूबाट करिब छ लाख ग्राहकहरूलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ । यस सुखद अवसरमा बैंकले आदरणीय ग्राहक महानुभाव, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको अवधिमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जनाएको छ । २८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना एक सय तीनवटा शाखाहरूमा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको छ ।

एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ ३३ वटा शाखाहरूबाट रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । यसका साथसाथै बैंकले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरूका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरताका निम्ति दरबारमार्गबाट भोटाहिटी, इन्द्रचोक, बसन्तपुर, न्यूरोड गेट, महाकाल, रत्नपार्र्क, जमल हुँदै पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिने क्रममा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरूको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु-याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया