Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआईएमई–पे र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता

आईएमई–पे र सेञ्चुरी कमर्सियल बैंकबीच सम्झौता


काठमाडौं  । आइएमई–पेर सेञ्चुरी कमर्सियल बैंकबीच पार्टनर बैंक सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौतापत्रमा आईएमई–पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सीसीबीएलको तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार डिजिटल सहजताको निम्ति आइएमई–पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरू आईएमई–पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रस्ट्याएको छ ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग सो सम्झौता गरेको आईएमई–पेले उक्त लिंक–अपको विभिन्न फाइदाहरू भएको जनाएको छ । आईएमई–पेमा बैंक लिंक गरेपश्चात् उपभोक्ताले आफ्नो सुविधाअनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आईएमई–पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्छ ।

उपभोक्ताले सिधै आईएमई–पेको पिन नं. राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सियल बैंकको खाताको ब्यालेन्स आईएमई–पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अद्यावधिक गरिएको जनाएको छ ।

आइएमई पे नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आईएमई–पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवाप्रदायक हो । ‘आईएमई–पे’ आईएमई ग्रुप डिजिटल वित्तीय सेवाप्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आईएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आईएमई–पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरूमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ ।

आईएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु-याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आईएमई–पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया