Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईबीएल एस क्यापिटलद्वारा सचेतना कार्यक्रम सम्पन्न

एनआईबीएल एस क्यापिटलद्वारा सचेतना कार्यक्रम सम्पन्न


काठमाडौं  । एनआईबीएल एस क्यापिटलद्वारा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा यही जेठ छ गते प्रदेश १ को बिर्तामोडमा, अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको हो ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरूले स्थानीय लगानीकर्ताहरूका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरूको बारेमा समेत छलफल गरेका छन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न प्रदेशमा अन्तरक्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

उक्त कार्यक्रममा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत ग्रहण गरिएको र आगामी दिनमा अन्य प्रदेशहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने समेत क्यापिटलले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया