बजार परिसूचक दुई हजार दुई सय ३५ दशमलव नौ विन्दुमा
सातामा पाँच अर्ब २० करोड ३६ लाख चार हजार रुपैयाँको सेयर खरिदबिक्री
काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार दुई सय ३५ दशमलव नौ विन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३४ दशमलव ७३ विन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार एक लाख तीन हजार तीन सय ४६ पटकको कारोबारमा एक करोड ३० लाख ७५ हजार एक सय ९२ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम पाँच अर्ब २० करोड ३६ लाख चार हजार छ सय १९ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले कम हो । गत साता भने धितोपत्र बजारमा दुई सय ३३ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार एक लाख ६० हजार तीन सय ३२ पटकको कारोबारमा दुई करोड पाँच लाख ५६ हजार छ सय ५४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम आठ अर्ब ५६ करोड ६१ लाख ४१ हजार आठ सय ५९ रुपैयाँ पुगेको थियो ।
यो साता नेप्सेको नियमित कारोबार कक्ष चार कार्यदिन मात्र खुला रहेको थियो । पहिलो र दोस्रो दिन सार्वजनिक बिदा परेका कारण नेप्सेको नियमित कारोबार कक्ष बन्द रहेको थियो भने । खुलेको चार कार्य दिनमध्ये चौथो दिन नेप्से बढे पनि तेस्रो, पाचौँ र छैटौँ दिन नेप्से लगातार गरेको थियो । सरकारले जेठ एक गतेदेखि नै शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै यो साता पहिलो दिन नेप्से पनि बन्द रहेको थियो भने शुक्रबार नेप्से खुला रहेको थियो ।
सोअनुसार तेस्रो कारोबार दिन बजार परिसूचक ८४ दशमलव नौँ अंकले ओरालो लागेर दुई हजार दुई सय ६५ दशमलव ५२ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव २८ अंंकले ओरालो लागेर चार सय ३८ दशमलव ६८ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक आठ दशमलव ९० अंकले उकालो लागेर दुई हजार दुई सय ७४ दशमलव ४२ विन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४१ अंंकले उकालो लागेर चार सय ४१ दशमलव नौं विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन भने बजार परिसूचक २३ दशमलव ५१ अंकले ओरालो लागेर दुई हजार दुई सय ५० दशमलव ९१ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ८८ अंंकले ओरालो लागेर चार सय ३७ दशमलव २१ विन्दुमा झरेको थियो ।
छैठौंं कारोबार दिन पनि बजार परिसूचक १५ दशमलव ८२ अंकले ओरालो लागेर दुई हजार दुई सय ३५ दशमलव नौ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४७ अंंकले ओरालो लागेर चार सय ३४ दशमलव ७३ विन्दुमा झरेको थियो । यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया