Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसूर्या लाइफको ब्राण्ड एम्बेसडरमा गायिका जोशी

सूर्या लाइफको ब्राण्ड एम्बेसडरमा गायिका जोशी


काठमाडौं फागुन ५
गायिका तथा लोकप्रिय टेलिभिजन शो नेपाल आइडलकी जज इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रूपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौँंको होटल -याडिसनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आबद्ध भएकी हुन् । उनलाई सूर्या लाइफ इन्स्योरेन्सको तर्फबाट एमडी आरटीका विजेता अभिकर्ताहरूसहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनी बोर्डका निर्देशकहरूले स्वागत गरेका थिए ।

कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुसी व्यक्त गर्दै यसले कम्पनीलाई नयाँ दिशामा अघि बढाउने बताए । उनले भने, ‘जोशी र हामी सबै मिलेर नयाँ अवसरको खोजी र चुनौतीको सामना गर्दै सबै उमेर, समूह र क्षेत्रका मानिसको बीमा गराउन सक्छौँ भन्ने मलाई लाग्छ ।’

कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरूलाई प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा चर्चा गरेका थिए । ’उहाँको प्रभाव ग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवन बीमाको विषयमा धेरै सचेतना आवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिन निकै महत्वपूर्ण छ ।’ उनले भने ।

यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन, ’म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्न पाउँदा निकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’ ब्राण्ड एम्बेसडर बनेसँगै जीवन बीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमा मेरो महत्वपूर्ण भूमिका हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया