काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नौ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले १० करोड ६८ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब आठ करोड ८२ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७० करोड २२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ५६ लाख ८८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५४ लाख ९८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ९४ करोड ७३ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २९ करोड ७२ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २५ करोड ८२ लाख २७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ४६ लाख ५५ हजार रुपैयाँ रहेको संस्थामा तीन दशमलव ३५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया