Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान

नेपाल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभाको आह्वान


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वर्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही जेठ ३० गते नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा वार्षिक साधारणसभा गर्न लागेको हो ।

उक्त वार्षिक साधारण सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३८ हजार पाँच सय ६५ रुपैयाँमध्येबाट ११ प्रतिशत अर्थात् १३ करोड ६६ लाख ५२ हजार दुई सय ४२ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्र्रस्ताव पारित गर्ने तयारी गरेको छ । कर प्रयोजनको लागि भने कम्पनीले शून्य दशमलव ५७ प्रतिशत अर्थात् ७१ लाख ९२ हजार चार सय ८६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर जारी गरेपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ३७ करोड ८९ लाख ९५ हजार आठ सय सात रुपैयाँ पुग्नेछ । कम्पनीले सोही वार्षिक साधारणसभामार्फत हाल कायम रहेको अधिकृत पुँजी दुई अर्ब रुपैयाँलाई वृद्धि गर्ने प्र्रस्ताव पारित गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १७ करोड ९४ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा १७ करोड एक लाख २२ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी एक अर्ब २४ करोड २३ लाख ३९ हजार रुपैयाँ रहेको कम्पनीको चालू आवको तेस्रो त्रैमासमा प्रति सेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने एक सय ८७ रुपैयाँ ७१ पैसा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया