Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमृद्धि फाइनान्समा आरटीजीएस सुविधा

समृद्धि फाइनान्समा आरटीजीएस सुविधा


काठमाडौं । समृद्धि फाइनान्समा आरटीजीएस सुविधा उपलब्ध भएको छ । फाइनान्सले यही जेठ चार गते बुधबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा डाइरेक्ट पार्टीसिपेन्टको रूपमा आबद्ध भई कारोबार सुरु गरेको हो । नेपाल राष्ट्र बैंकबाट अनुमति लिई भुक्तानी प्रणाली विभागको सहकार्यमा आरटीजीएस सेवा सञ्चालमा आएको संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्धती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आर्कषक ब्याजदरसहितका विभिन्न बचत खाताहरू समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जानकारी दिएको छ । फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ लाख २८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ५४ लाख दुई हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ७२ करोड ४८ लाख ६५ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६५ करोड ५९ लाख ६५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड २३ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १७ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव २७ प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने एक करोड १५ लाख ६७ हजार रुपैयाँले ऋणात्मक रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले ७० करोड ८२ लाख आठ हजार रुपैयाँ निक्षेप संकलन गरी ८१ करोड १९ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १९ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ लाख ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया