Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी


काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा नेपालका २७ वटा वाणिज्य बैंकहरूमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहेको देखिएको छ ।

गत वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४ दशमलव ३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१ दशमलव ९८ प्रतिशतले वृृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकहरूमध्ये १९ वटा वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने आठवटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर छ दशमलव २३ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १७ दशमलव ४३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

वैशाख मसान्तसम्मा वाणिज्य बैंकहरूसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रबाह ४१ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १८ वटा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) भने राष्ट्र बैंकले तोकेको सीमाभित्र नै (८९ दशमलव ६५ प्रतिशत) रहेको छ । औसतमा वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ९० दशमलव ८८ प्रतिशत रहेको छ ।

देशभर दुई सय १३ वटा शाखाहरू, एक सय ७० वटा एटीएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितोर गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको छ ।

नेपाल बैंक बागमती प्रदेशकोे बजेट गोष्ठी सम्पन्न
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले आगामी आर्थिक वर्ष २०७९–०८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले बागमती प्रदेशस्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । बैंकको धुलिखेलमा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, बागमती प्रादेशिक कार्यालय र सोअन्तर्गतका सम्पूर्ण शाखाका ६० जना शाखा प्रबन्धकहरूको सहभागिता रहेको थियो । प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा विकास डिभिजनले संयुक्तरूपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागी शाखा प्रबन्धकहरूलाई सफ्ट स्किल डेभलेपमेन्टसम्बन्धी तालिम समेत प्रदान गरिएको थियो ।

बैंक व्यवस्थापनले शाखाहरूसँग अन्तक्रिया गरी शाखा प्रबन्धकहरूबाट प्राप्त सल्लाह एवं सुझावहरू समेतलाई समेटेर बजेट निर्माण गर्दा त्यसको प्रभावकारिता बढी हुने साथै आगामी आर्थिक वर्षमा बैंकले लिने निक्षेप तथा कर्जाको लक्ष्य, ग्राहक सेवा तथा बजारीकरणमा गर्नुपर्ने नीति तथा रणनीति, डिजिटल बैंकिङमा बढावा दिनेलगायतका विषहरूमा बृहत्रूपमा छलफल गरी सो सम्बन्धमा आवश्यक कार्यक्रमहरू तय गर्न सहज हुने देखिएकोले यस्ता कार्यक्रमहरू प्रत्यक वर्ष आयोजना गरिँदै आएको बैंकले जनाएको छ ।

Open photo

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्ति भनेको नेपालको बैंकिङ क्षेत्रकै क्रिम तथा युवा जनशक्ति भएको उल्लेख गर्दै यही जनशक्तिको कडा मिहिनेतले गर्दा नै नैपाल बैंक अत्यन्त सबल र प्रतिस्पर्धी बैंकको रूपमा अगाडि आएको विचार व्यक्त गरेका थिए । सम्पूर्ण नेपालीहरूमा सरल, सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै निरन्तर आफ्नो सेवामा समर्पित भई ग्राहकहरूको विश्वास जित्दै देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने कार्यमा यस बैंकका सम्पूर्ण कर्मचारीहरू सदा ऊर्जाशिल भई अगाडि बढिरहने विश्वास समेत उनले व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रवक्ता तथा सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी, सहायक प्रमुख कार्यकारी अधिकृत होम बहादुर खड्का, योजना तथा बजेट विभागकी मुख्य प्रबन्धक प्रतिभा डंगोल, मुख्य प्रबन्धकहरू पासाङ दोर्जे शेर्पा तथा धिरज राई, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल, तालिम तथा विकास डिभिजन प्रमुख प्रसाद सिवाकोटीलगायत प्रधान कार्यालय बजेट कमिटीका अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो ।

नेपालभर दुई सय १३ वटा शाखाहरू, एक सय ७९ वटा एटीएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धीरूपमा अगाडि बढिरहेको छ । विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । निक्षेपमा उच्च ब्याजदर प्रदान गरेको साथै सरकारी बैंक भएको कारण पनि यस बैंकका बचत एवं मुद्दती खाताहरूमा निक्षेप कर्ताहरूको आकर्षण बढिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया