Techie IT
×
गृहपृष्ठbreaking२२ सय बिन्दुमा खुम्चियो सेयर बजार

२२ सय बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार सेयर बजार परिसुचक ३४ दशमलव २१ अंकले ओरालो लागेर २२ सय ८८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६९ अंकले ओरालो लागेर चार सय २९ दशमलव पाँच बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २८ हजार पाँच सय छ पटकको कारोबारमा ३९ लाख १७ हजार छ सय ५५ कित्ता सेयर किनबेच भएको छ । सोही अनुरुप आज कुल कारोबार रकम एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लाग्दा सेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : breaking, वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया