Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाली बीमा क्षेत्रमा पहिलो पटक मेट लाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेट लाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

बीमा अभिकर्ता बन्न अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने


काठमाडौं । मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरू भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेट फर्म सुरु गरेको छ । बीमा सल्लाहकारहरूको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीहरूसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा गरेका थिए ।

मार्समा इच्छुक बीमा अभिकर्ताहरूले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरू अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने अनिवार्य तालिम प्रशिक्षणहरू लिन र इजाजतपत्रहरूका लागि पनि अनलाइन नै आवेदन दिन सक्छन् । यसका अतिरिक्त उम्मेदवारहरूले मार्समा उपलब्ध भएका एजेन्सी प्रबन्धकहरूको प्रोफाइल आफैँ विश्लेषण गरी आफूलाई मन परेको प्रबन्धक छनोट गर्न सक्छन् जसले गर्दा उनीहरूलाई आफूले इच्छाएको प्रबन्धकहरूसँग काम गर्न र सो प्रबन्धकको निर्देशनमा आफूले अभिकर्ताको रूपमा व्यापक यात्रा अनुभवको अवसर पनि प्राप्त गर्न सक्छन् ।

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठका अनुसार, ‘यस अनलाइन सोलुसनले नेपालका विभिन्न स्थानहरूबाट कम्पनीलाई नयाँ अभिकताहरू भर्ना गराउन सक्षम पारी देशभरका धेरै ग्राहकहरूमाझ मेटलाइफलको बीमा सुरक्षाका फाइदाहरू पु-याउन मदत गर्नेछ ।’ साथै उनले यस डिजिटल पोर्टलले कम्पनीका सबै सरोकारवालाहरूलाई मेटलाइफसँग काम गर्न अझ सजिलो र सुविधाजनक बनाउन नयाँ डिजिटल प्लेटफर्महरू प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धतालाई मजबुत बनाएको बताएका छन् ।

मार्स मेटलाइफ नेपालको डिजिटल बिक्रीमा पहिलेदेखि नै प्रयोगमा रहेका काइट (किप इन् टच एभर), डीएपी (डिस्ट्रिब्युसन एडभान्टेज प्लेटफर्म) तथा एलएमएस (लिड्स म्यानेजमेन्ट सिस्टम)हरूमा थपिएको हो । यस कागजविहीन सोलुसनले कम्पनीलाई बीमा वितरण प्रतिनिधिहरूको अझ छिटो तथा कुशल भर्ना गराउन सक्षम गर्नेछ ।

मेटलाइफ नेपालका बारेमा : मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरू प्रदान गरिरहेको छ ।

मेटलाइफको बारेमा : मेटलाइफ इन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरूलाई अघि सहजरूपमा अघि बढ्न विभिन्न बीमा योजनाहरू, वार्षिक योजनाहरू, कर्मचारी लाभ योजनाहरू तथा सम्पत्ति व्यवस्थापन योजनाहरू प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरूमध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरूमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिय, युरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया