Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउकालो लाग्यो सेयर बजार

उकालो लाग्यो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार भने १६ दशमलव ३२ अंकले उकालो लागेर २२ सय १७ दशमलव १९ बिन्दुमा चढेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६२ अंकले उकालो लागेर चार सय ३२ दशमलव ६७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट २१ हजार सात सय नौं पटकको कारोबारमा ३१ लाख सात सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

सोही खरिद बिक्रीका आधारमा आज कारोबार रकम एक अर्ब आठ करोड ८८ लाख ३३ हजार पाँच सय ४२ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये ११ वटा उपसमुहको सुचक उकालो लागेका छन भने दुई वटा उपसमुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया