Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकामना सेवा विकास बैंकको ११औँ शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंकको ११औँ शाखारहित बैंकिङ सेवा


काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मंगलबारबाट नवलपरासी जिल्लाको कावसोती न.पा. वडा नं. ११ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

कावसोती नपा वडा नं. ११, कुडौलीस्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ)लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीलगायत बैंकका अन्य कर्मचारीहरू, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति थियो ।

शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरू प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया