Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा पोखराबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा पोखराबीच सम्झौता


काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा पोखराबीच सम्झौता भएको छ । सम्झौताअनुसार सांग्रिलाका ग्राहकहरूलाई पोखराको होटल शारामा विशेष छुट प्राप्त हुनेछ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सांग्रिलाका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले होटल शारामा खाना, पेयपदार्थ तथा साउना, स्पामा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हालसम्म मुलुकभर एक सय १२ वटा शाखा कार्यालय र ३२ एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया