Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान

महालक्ष्मीको विकास बैंकको आयोजनामा एक हजार २८ जनाले गरे रक्तदान


काठमाडौं । महालक्ष्मी विकास बैंक लि. २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसरमा बृहत् रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका विभिन्न स्थानमा रहेका आफ्ना ३१ वटा शाखाहरूमार्फत रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले ३१ वटाशाखाहरूमार्फत बिचबजार ८२, खुर्रखुरे ५५, नारायणगढ ४९, कमाने ४७, टिकापुर ४६, हेटौंडा ४४, नेपालगञ्ज ४२, थापाथली ४०, महाराजगञ्ज ३८, पुतलिसडक ३८, धनगढी ३६, डडेल्धुरा ३५, भक्तपुर ३२, डल्लु ३१, कावासोती ३१, भाटभटेनी ३०, दरबारमार्ग ३०, जनकपुर २९, भैरहवा २८, तिनचुली २८, झम्सीखेल २७, शंखमुल २७, न्यूरोड काठमाडौं २७, कालिमाटी २६, टाँडी २३, मैतिदेवी २१, कुमारीपाटी १९, इटहरी १९, परासी १८, महेन्द्रनगर १५ र रूपनी १५ गरी कुल एक हजार २८ पिन्ट रगत संकलन गरेको छ । यो संख्या बैंक तथा वित्तीय संस्थाहरूमार्फत रगत संकलन गरिएका रेकर्डहरूमा हालसम्मकै सबैभन्दा उच्च रहेको छ ।

स्वास्थ्य क्षेत्रमा अभावका रूपमा देखापर्ने रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले २८औँ वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । बैंकले देशभर फैलिएर रहेका एक सय तीन शाखाहरूबाट थप विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू आउँदा दिनहरूमा पनि प्रभाकारी रूपले निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया