Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंकको ऋणपत्रमा मागबमोजिमको आवेदन

सेञ्चुरी बैंकको ऋणपत्रमा मागबमोजिमको आवेदन


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्रमा मागबमोजिमको आवेदन परेको जानकारी दिएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘सेञ्चुरी डिबेन्चर २०८८’को प्रतिकित्ता डिबेन्चर अंकित मूल्य एक हजार दरले २२ लाख कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत अर्थात् १३ लाख २० हजार कित्ता डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत अर्थात् आठ लाख ८० हजार कित्ता डिबेन्चर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत) सर्वसाधारणमा यही वैशाख २५ गतेदेखि जेठ चार गतेसम्म बिक्री खुला गरिएकोमा उक्त अवधिभित्र मागबमोजिम नै आवेदन प्राप्त हुन आएको बैंकले जानकारी दिएको छ ।

सर्वसाधारणमा निष्काशित आठ लाख ८० हजार कित्ता डिबेन्चर (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत) मध्ये सामूहिक लगानी कोषबाट माग भई आएको १० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी आठ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गर्दा सि–आस्वा प्रणालीमार्फत आवेदन गर्ने दुई हजार दुई सय ७२ जना आवेदकहरूबाट ७८ हजार सात सय ८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरूको हकमा निजहरूको अनुरोधबमोजिम चार सय १५ कित्ता डिबेन्चर रद्द गरी बाँकी दुई हजार दुई सय ६२ जना आवेदकहरूबाट प्राप्त ७८ हजार तीन सय ७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको सात लाख ९१ हजार छ सय ३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१ लाख ११ हजार छ सय ३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुला गरिएकोमा मागबमोजिम नै अर्थात् २१ लाख ११ हजार छ सय ३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरूलाई कुल २१ लाख ९० हजार कित्ता डिबेन्चर मंगलबारका दिन बिहान ९ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय, नक्साल काठमाडौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

डिबेन्चर निष्काशन कार्यलाई सफल बनाउने सम्पूर्ण शुभेच्छुक, आस्वामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाहरू, नियामक निकायहरू, सञ्चारकर्मीलगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशन कम्पनीका तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग र सद्भाव रहिरहने अपेक्षासहित बैंकले सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया