Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनएमबी बैंक काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता

एनएमबी बैंक काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता


काठमाडौं । एनएमबी बैंक लिमिटेडले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत् आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको । प्रदेश १ अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको काबेली ३ जलविद्युत् आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवद्र्धन गरिएको जलविद्युत् आयोजना हो ।

यस आयोजनामा एनएमबी बैंक लि. अगुवा बैंक रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रहेको छ । २१.९३ मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत चार अर्ब २८ करोड ५० लाख रहेको छ जसमध्ये बैकहरूको ऋण लगानी तीन अर्ब २१ करोड ३० लाख रहनेछ । यो आयोजना समेत एनएमबी बैंक लिले कुल ४३ वटा जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको पर्यावरण र सामाजिक निर्देशिकाअनुसार एनएमबी बैंक लिले वातावरण र सामाजिक नीति तयार पारी त्यसबमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया