Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारएनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारीमा राठी

एनआईसी एसिया बैंकको नायब प्रमुख कार्यकारीमा राठी


काठमाडौं । एनआईसी एसिया बैंकले सन्तोष कुमार राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । यही जेठ आठ गते बसेको सञ्चालक समितिको पाँच सय ४५औँ बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको बैंंकले जानकारी दिएको छ ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका उनलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इप्रा निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्थाबमोजिम बैंकको सञ्चालक समितिले मिति २०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । २०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिस्टमहरूको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधीकरणलगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रूपान्तरणमा पु¥याएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्यांकन गर्दै बैंकले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो ।

नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव सँगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनको यो नियुक्तिले बैंकले आगामी दिनमा अझ उन्नत उचाइ हासिल गर्ने पूर्ण विश्वासका साथ उनलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवार उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया