Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंक अफ काठमाण्डूका ग्राहकहरूलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरूलाई ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीमा छुट


काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा बैंकको ग्राहकहरूले डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा क्रमशः सात देखि तथा १० प्रतिशतसम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापश्चात् ग्राहकहरूले ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीजीतपुर, बारामा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुस्ट अधिकतम १० प्रतिशसम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको डेबिट तथा क्रेडिट कार्डको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले हाल ९७ शाखा कार्यालयहरू, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया