Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच सम्झौता

कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंकबीच सम्झौता


काठमाडौं ।कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक लिमिटेडबीच सम्झौता भएको छ । बैंकका अनुसार मूल्य श्रृंखलामा आबद्ध कृषकहरूमा वित्तीय सेवा प्रवाहको लागि उक्त सम्झौता भएको हो । कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम भएको बैंकले जानकारी दिएको छ ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरूको गरिबी तथा पोषण असुरक्षा न्यूनीकरण गरी नेपालको दिगो विकास लक्ष्य (लक्ष्य १– गरिबीविहीन र लक्ष्य २– शून्य भोकमरी) प्राप्तिमा योगदान पु-याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमका निम्नलिखित ४ सहसम्भाग रहेको बैंकले जानकारी दिएको छ ।

जसअनुसार सहसम्भाग १ विस्तारित एवं विविधीकृत (समावेशी र दिगो कृषि मूल्य श्रृखला), सह–सम्भाग २ क्रियाशील (बजारमुखी सार्वजनिक तथा सामुदायिक) पूर्वाधार, सहसम्भाग ३ मूल्य श्रृंखला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवा, सह–सम्भाग ४ मूल्य श्रृंखला विकासका र नवीनताको लागि दिगो कृषि सेवा सहयोग, माथि उल्लिखित चारवटा सहसम्भागमध्ये कृषि क्षेत्र विकास कार्यक्रमले सहसम्भाग तीनमार्फत कृषि उत्पादक, कृषि व्यवसायी र साना किसानको मागअनुसारको वित्तीय सेवाको लागि उपयुक्त वित्तीय सेवा प्रदायकहरू; बैंक तथा वित्तीय संस्था र सहकारीसँग जोड्न सहजीकरण गर्दछ ।

यसै सन्दर्भमा कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृंखलामा आबद्ध कृषकहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक लि. बीच सम्झौता भएको छ । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव श्रीमान् डा. गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश कुमार सञ्जेल, कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक विनोद कुमार भट्टराई र कृषि तथा पशुपन्छी विकास मन्त्रालय एवं कृषि क्षेत्र विकास कार्यक्रम तथा प्रभु बैंक लिमिटेडका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । हस्ताक्षर कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य श्रृंखलामा आबद्ध कृषकहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नु रहेको छ ।

हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै यस कार्यक्रमका अध्यक्ष तथा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले शुभ कार्यको लागि धन्यवादका साथै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे । साथै, प्रभु बैंक लि. का तर्फबाट सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौताअनुरूप लक्षित वर्गहरूलाई कर्जा सेवा सँगसँगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया