बजार परिसूचक दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा
काठमाडौं । यस साता सेयर बजार परिसूचक दुई हजार दुई सय २३ दशमलव ७८ विन्दुमा चढेको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ३३ दशमलव सात विन्दुुमा चढेको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय २६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख १२ हजार नौ सय ५८ पटकको कारोबारमा एक करोड ६१ लाख ७८ हजार एक सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ६९ करोड १७ लाख १४ हजार एक सय ७२ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा केही झण्डै ४० करोड रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय २७ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार एक लाख तीन हजार तीन सय ४६ पटकको कारोबारमा एक करोड ३० लाख ७५ हजार एक सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब २० करोड ३६ लाख चार हजार छ सय १९ रुपैयाँ पुुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबारकक्ष पाँच कार्यदिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र पाँचौँ दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो कारोबार दिन बजार परिसूचक उकालो लागेको थियो । पहिलो कारोबार दिन बजार परिसूचक ३४ दशमलव २१ अंकले ओरालो लागेर दुुई हजार दुई सय दशमलव ८८ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६९ अंंकले ओरालो लागेर चार सय २९ दशमलव पाँच विन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक १६ दशमलव ३२ अंकले उकालो लागेर दुुई हजार दुई सय १७ दशमलव १९ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६२ अंंकले उकालो लागेर चार सय ३२ दशमलव ६७ विन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन पनि बजार परिसूचक १४ दशमलव ३७ अंकले उकालो लागेर दुुई हजार दुई सय ३१ दशमलव ५७ विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४२ अंंकले उकालो लागेर चार सय ३५ दशमलव शून्य नौ विन्दुमा चढेको थियो । पाँचौ कारोबार दिन पनि बजार परिसूचक आठ दशमलव तीन अंकले उकालो लागेर दुुई हजार दुई सय ३९ दशमलव ६० विन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३९ अंंकले उकालो लागेर चार सय ३६ दशमलव ४७ विन्दुमा चढेको थियो । छैटौँ कारोबार दिन भने बजार परिसूचक १५ दशमलव ८२ अंकले ओरालो लागेर दुुई हजार दुई सय २३ दशमलव ७८ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव चार अंंकले ओरालो लागेर चार सय ३३ दशमलव सात विन्दुमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेसनल हाइड्रो पावर कम्पनी, नेपाल टेलिकम, नबिल, बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नेपाल टेलिकम, नेसनल हाइड्रो पावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया