Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआर्थिक वृद्धिदर ८ प्रतिशत र मूल्य वृद्धि सात प्रतिशत

आर्थिक वृद्धिदर ८ प्रतिशत र मूल्य वृद्धि सात प्रतिशत


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धि ८ प्रतिशत र मूल्यवृद्धि सात प्रतिशतमा सीमित गर्ने दाबी गरेको छ । अर्थतन्त्रमा सिर्जना भएको गतिशीलता, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानी र सरकारद्वारा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको लगानीबाट आगामी आर्थिक वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने दाबी सरकारको छ ।

सरकारले लिएको आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वसहितको सन्तुलित आर्थिक नीतिले संस्थागत विकाससहितको दिगो विकासको आधार सिर्जना हुने अर्थमन्त्री जनार्दन शर्माको दाबी छ । उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीति अर्थात मूल्यवृद्धिलाई ७ प्रतिशतमा सीमित राख्ने दाबी गरिएको छ । यद्यपि यसलाई विश्वास गर्न सकिने आधार भने छैन ।

विश्व अर्थतन्त्रमा देखिन सक्ने उतारचढाव र अस्थिरता, इन्धनको मूल्यमा आउन सक्ने अस्वभाविक वृद्धि र जलवायु परिवर्तन तथा प्रकोपको जोखिमले बजेट कार्यान्वयनबाट प्राप्त हुने प्रतिफलमा असर पु-याउन सक्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया