Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज क्यापिटलद्वारा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटलद्वारा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा


काठमाडौं ।सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ । क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्देश्यसहित जेठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पुँजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाइदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पहुँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

सर्वसाधारणलाई लक्षित गरी ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पुँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया