Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारबैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ह्यासट्याग फुड तथा बारमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई ह्यासट्याग फुड तथा बारमा १० प्रतिशत छुट


काठमाडौं ।बैंक अफ काठमाण्डू लिमिटेड र ह्यासट्याग फुड तथा बार प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरूलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापश्चात् ग्राहकहरूले ह्यासट्याग फुड तथा बार, एयरपोर्ट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुष्ट १० प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

ह्यासट्याग फुड तथा बारले एयरपोर्ट रोड, विराटनगरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।
बैंकले हाल ९८ शाखा कार्यालयहरू, ९३ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया