Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमेगा बैंकको शाखा वीरगञ्जको रुंगटा मलमा

मेगा बैंकको शाखा वीरगञ्जको रुंगटा मलमा


काठमाडौं  । मेगा बैंक नेपाल लिमिटेडले वीरगञ्जको रुंगटा मलमा पनि शाखा विस्तार गरेको छ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले एक समारोहबीच नयाँ कार्यालयको उद्घाटन गरेका हुन् । यसअघि आदर्शनगरमै रहेको शाखा रुंगटा मलमा स्थानान्तरण गरिएको हो ।

मेगा बैंकका अध्यक्ष शाहले मेगाले अत्याधुनिक बैंकिङ सेवाका साथै छिटो, छरितो र प्रभावकारी ढंगले सेवा प्रवाह गरिरहेको बताए ।

औद्योगिक नगरी वीरगञ्जलाई मेगा बैंकले सधैँ प्राथमिकता दिएको बताउँदै अध्यक्ष शाहले युवा उद्यमी, निर्यातमुखी कृषि तथा निर्यातमुखी व्यवसायलाई मेगा बैंकले प्राथमिकता र प्रोत्साहन गरिरहेको बताए ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया