Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक २१ सय ३७ बिन्दुमा

सेयर बजार परिसुचक २१ सय ३७ बिन्दुमा


काठमाडौं  ।   सेयर बजार परिसुुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ५० अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज मंगलबार पुन ३५ दशमलव ५३ अंकले ओरालो लागेर २१ सय ३७ दशमलव ९२ बिन्दुमा कायम रहेको छ ।

‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ११ अंकले ओरालो लागेर चार सय १५ दशमलव ६३ बिन्दुमा झरेको छ । आज कुल १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २७ हजार पाँच सय १९ पटकको कारोबारमा ३७ लाख ६९ हजार आठ सय १२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही अनुुरुप आज कुल सेयर कारोबार रकम एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैंयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी उपसमुहको सुचक शुन्य दशमलव शुन्य सात अंकले उकालो लागेको छ भने बाँकी उपसमुहको सुचक उच्च ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया