Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको ऋणपत्रसम्बन्धी सम्झौता

कुमारी बैंकको ऋणपत्रसम्बन्धी सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेडले १० (दश) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘केबीएल डिबेन्चर २०८९’ ऋणपत्र बिक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको उक्त डिबेन्चर (ऋणपत्र) प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँको दरले ३० लाख कित्ता गरी तीन अर्बबराबरको ऋणपत्र बैंकले निष्काशन गर्ने सम्बन्धमा सम्झौता भएको हो । सो सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन नवीन मुनि बज्राचार्य र क्यापिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

नेपाली वित्तीय क्षेत्रमा हालसम्मकै उच्चतम ब्याजदर दिनेमध्येमा सो ऋणपत्र पर्दछ । वर्तमान वित्तीय बजारमा उच्चतम प्रतिफलसहितको यस ऋणपत्रबाट खरिदकर्ताहरुले आगामी दशककै राम्रो प्रतिफल प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

आप्mना देशव्यापी एक सय ९७ शाखा सञ्जाल, एक सय ८१ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया