महालक्ष्मी कर्पोरेट क्रिकेट लिग सम्पन्न, प्रथम संस्करणको विजेतामा आईसीएफसी फाइनान्स
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महालक्ष्मी कर्पोरेट क्रिकेट लिगका विजेताहरूलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको थियो । यही जेठ १३ देखि १५ गते (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपधि आईसीएफसी फाइनान्स लिमिटेडले जित्न सफल भएको छ । प्राइम बैंकले द्वितीय र कामना सेवा विकास बैंकले तृतीय स्थान हासिल गर्न सफल भएका छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्याय र प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले संयुक्त रूपमा ट्रफी, मेडल तथा प्रमाणपत्रहरू प्रदान गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका थिए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा सोमबार काठमाडौंमा आयोजित कर्यक्रममा विजेता आईसीएफसी फाइनान्स, द्वितीय प्राइम बैंक, तृतीय कामना सेवा विकास बैंक, उत्कृष्ट फिल्डर आईसीएफसी फाइनान्सका सुरज तिमिल्सिना, उत्कृष्ट विकेट–किपर मुक्तिनाथ विकास बैंकका मनिष सिंह, उत्कृष्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता, उत्कृष्ट ब्याट्सम्यान कामना सेवा विकास बैंकका हेमन्त कुमार श्रीवास्ताव, उत्कृष्ट खेलाडी प्राइम बैंकका क्रितार्थ शाक्यलगायत ३२ खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरूलाई म्यान अफ दि म्याचको ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर मिश्रले यस क्रिकेट लिगलगायत अन्य सामूहिक खेलले बैंक तथा वित्तीय संस्थाहरूबीच भाइचारा, आत्मियता, सद्भाव, मित्रता बढाउन थप सहयोग पुग्नुका साथै कर्मचारीहरूलाई बैंकिङ गतिविधिमा मात्रै सीमित नराखी उनीहरूलाई मनोञ्जन प्रदान गर्न र उत्पादनशीलतामा वृद्धि गर्न मदत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै महालक्ष्मी विकास बैंक लिमिटेडका अध्यक्ष राजेश उपाध्यायले खेलमा हार र जित स्वभाविक प्रक्रिया रहेको र यस्ता खेलहरूले कर्मचारीहरूमा समूह निर्माण गर्न, समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्न, कार्यकुशलतामा अभिवृद्धि गर्न मदत पु-याउने हुँदा समय–समयमा यस्ता गतिविधि सञ्चालन गर्नु जरुरी रहेको बताए ।
२८औँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा बैंकले आदरणीय ग्राहक, सेयरधनी, नियमनकारी निकायहरूलाई कृतज्ञता जाहेर गरेको छ । यस २७ वर्षको दौरानमा प्राप्त सहयोगप्रति बैंक आभारी रहेको कुरा बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया