Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारराष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरी बल नेपालमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

राष्ट्रिय वाणिज्य बैंकद्वारा सशस्त्र प्रहरी बल नेपालमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरूका लागि मंगलबार काठमाडौंको हल्चोकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा बैंकका ब्रान्च अपरेसन विभागकी प्रमुख दुर्गा कँडेल (छत्कुली)ले बैंकमा खाता खोल्ने, केवाइसी, डिजिटल बैंकिङ तथा पेसाकर्मी सरल कर्जासम्बन्धी प्रशिक्षण दिएका थिए । त्यसैगरी बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले डिम्याट खाता, आस्वा सेवा तथा पुँजीबजारसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक हेमबहादुर ज्ञवालीले स्वागत मन्तव्य तथा प्रहरी नायब उपरीक्षक धु्रब केसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम ब्रान्च अपरेसन विभागका उपप्रबन्धक जितेन्द्रसिंह थापाले सञ्चालन गरेका थिए । गत वैशाख १४ गते बैंक र सशस्त्र प्रहरी बल नेपालबीच सशस्त्र प्रहरी बलका कर्मचारीहरूको हित तथा सुविधाका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा कारोबारलगायतका बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको थियो ।

कार्यक्रममा बैंकका बाग्मती प्रादेशिक कार्यालयका प्रदेशिक प्रबन्धक धु्रब अर्याल, स्वयम्भु शाखाका शाखा प्रबन्धक ज्ञानु सेढाईलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । देशभर बैंककोे हाल दुई सय ५८ वटा शाखा कार्यालय, दुई सय ४५ वटा एटीएम, ४३ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ शाखारहित बैंकिङ सेवासहित आधुनिक डिजिटल बैंकिङको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया