काठमाडौं । एनएमबी बैंक लिमिटेडले नेदरल्यान्ड डेभलपमेन्ट अर्गनाइजेसन (एसएनभी) को रिजल्ट बेस फाइनान्सिङ परियोजनाअन्तर्गत पाँच हजार सात सय २८ वटा सुधारिएको चुलो वितरण गरिएको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रूपमा काम गरेको थियो ।
परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुलो वितरण गरेर ग्रामीण भेगका जनताहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका विभिन्न ग्रामीण भेगमा सुधारिएको चुलोहरू वितरण गरेको हो । बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य विभिन्न परियोजनाहरूसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।
यस परियोजनाले दाउराको खपत घटाएर वनको संरक्षणमा मदत पुग्ने, विशेषगरी महिला दिदीबहिनीहरूले भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमी ल्याउने, धुवाँ धुलोमा कमीको कारणले वायु प्रदूषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुवाँ तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा विकारहरूमा समेत कमी हुने विश्वास लिइएको छ । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया