Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारकुमारी बैंक र लालरत्न अस्पतालबीच सम्झौता

कुमारी बैंक र लालरत्न अस्पतालबीच सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेड र सुदूरपश्चिम प्रदेश लम्कीचुहा नगरपालिकास्थित लालरत्न अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थ्योउपचारसम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सुदूूरपश्चिम प्रदेशका सेवाग्राहीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।

बैंकले हाल देशव्यापीरूपमा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा सञ्जाल, एक सय ८१ वटा एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया